नेपाल र तिब्बतमा आएको विनाशकारी बाढीबारे एसेम्बली सदस्य स्टिभन रागाको वक्तव्य

नेपाल र तिब्बतमा आएको विनाशकारी बाढीले ज्यान लिएको, धेरै मानिस बेपत्ता भएको र घर तथा महत्वपूर्ण पूर्वाधार नष्ट गरेको खबरले हामी मर्माहत भएका छौं। आफ्ना प्रियजन गुमाएका परिवारहरू, अझै खबरको प्रतीक्षामा रहेका मानिसहरू, र उद्धार तथा पुनर्स्थापनाको कठिन कार्यको सामना गरिरहेका सबैप्रति मेरो गहिरो समवेदना छ।

एसेम्बली डिस्ट्रिक्ट ३० मा जीवन्त र निरन्तर बढिरहेका नेपाली र तिब्बती समुदायहरूको प्रतिनिधित्व गर्न पाउँदा म गर्व गर्छु। यी दुवै समुदायले आफ्नो संस्कृति, दृढता र असंख्य योगदानमार्फत हाम्रा छिमेकहरूलाई समृद्ध बनाएका छन्, र आफ्ना मातृभूमिसँग गहिरो सम्बन्ध भएका परिवारहरूका कारण यस त्रासदीको प्रभाव यहाँ क्वीन्समा पनि गहिरोसँग महसुस भइरहेको छ।

हामी नेपाल र तिब्बतका जनतासँग ऐक्यबद्ध छौं, र अन्तर्राष्ट्रिय समुदायलाई अत्यावश्यक मानवीय सहायता तथा विपद् राहत उपलब्ध गराउन आग्रह गर्दछु।

यस विपद्बाट प्रभावित भएका वा विदेशमा रहेका आफ्ना प्रियजनबारे चिन्तित हाम्रा नेपाली र तिब्बती छिमेकीहरूका लागि, मेरो कार्यालय हाम्रा सामुदायिक साझेदारहरूसँग मिलेर आवश्यक स्रोत र सहायता उपलब्ध गराउने निकायहरूसँग सम्पर्क गराउन तयार छ।